logo
२०८१ जेष्ठ ४ शुक्रवार



चेल्सी, सिटी र लिभरपुल विजयी

फुटबल |
खेलकुद |


चेल्सी, सिटी र लिभरपुल विजयी


कठमाडौँ, मङ्सिर १६ गते । शीर्षटोली चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हरायो । अर्को खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित ग¥यो । लिभरपुलले एभर्टनलाई उसैको मैदानमा ४–१ गोलले स्तब्ध बनायो ।

चेल्सीको जितमा सामन माउन्टले २९औँ र हाकिम जियाचले ७२औँ मिनेटमा गोल गर्नुभयो । वाटफोर्डका इमानुअल डेनिसले ४३औँ मिनेटमा एक गोल फर्काउनु भएको थियो । जितसँगै शीर्षस्थानमा रहेको चेल्सीले १४ खेलबाट ३३ अंक बनाएको छ । पराजित वाटफोर्ड १३ अंक सहित १७औँ स्थानमा छ ।

यसैगरी सिटीको जितमा रुवेन डियाजले २७औँ र बर्नार्डो सिल्भाले ४३औँ मिनेटमा गोल गर्नुभयो । एस्टन भिल्लाका ओले वाटकिन्सले ४७औँ मिनेटमा सान्त्वना गोल फर्काउनु भएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३२ अंक छ । एस्टन भिल्ला १६ अंक सहित १३औँ स्थानमा छ ।

लिभरपुलको लागि मोहम्मद सलाहले १९औँ र ६४औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि जोर्डन हेन्डरसनले नवौँ मिनेटमा खाता खोल्नु भएको थियो । डिएगो जोटाले ७९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाउनुभयो । एभर्टनका डेमाराई ग्रेले ३८औँ मिनेटमा एक गोल फर्काउनुभयो । जितसँगै तेस्रो स्थानमा रहेको लिभरपुलको ३१ अंक छ । पराजित एभर्टन १५ अंकसहित १४औँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?