logo
२०८१ जेष्ठ ४ शुक्रवार



गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

फुटबल |
खेलकुद |


गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा


हरि काेइराला
उर्लाबारी ,कात्तिक १३ गते । उदयपुरको गाइघाट फुटबल क्लबलाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौं मोरङको बेलबारीमा जारी बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार स्थानीय लक्ष्मी खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पाका मनिष थापाले पहिलो गोल गर्नुभयो । जीवन गुरुङको पासमा मनिषले गरेको प्रहार सिंधै गोलमा परिणत भएको थियो । एक पक्षीय खेलमा ५५ आंैं मिनेटमा हिमालय शेर्पाले अर्को गोल थप्यो । टिमका लागि दोस्रो गोल सेवि गुरुङले गर्नुभयो ।
खेलको ७१ औं मिनेटमा विश्वास श्रेष्ठले गाइघाट विरुद्ध गोल गर्नुभयो । गाइघाटका विदेशी खेलाडी एलेक्स एन्डरले त्रिदेव गुरुङलाई फल गरेपछि पाएको फ्रिकिकलाई सदूपयोग गर्दै विश्वासले गोल गर्नुभयो ।
आजको खेलमा बिशन गुरुङ म्यान अफ दम्याच घोषित हुनुभयो । आइतबार रारा फुटबल क्लब धनकुटा र आयोजक डाँगीहाट फुटबल क्लब बीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?