logo
२०८१ बैशाख १५ शनिवार



लेप्जिगको पोष्टमा म्यान्चेष्टर सिटीको छ गोल

फुटबल |
खेलकुद |


लेप्जिगको पोष्टमा म्यान्चेष्टर सिटीको छ गोल
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । म्यान्चेष्टर सिटीले आरबी लेप्जिगलाई विशाल अन्तरले हराएको छ । च्याम्पियन्स लिग अन्तगर्त गए राति सम्पन्न खेलमा सिटीले लेप्जिगमाथि ६–३ को जित हात पार्यो ।
गएको संस्करणमा फाइनलमा लेप्जिगसँग बेहोरेको हारको पीडा भुलाउँदै म्यान्चेष्टर सिटीले विशाल जित हात पार्यो । सिटीको जितमा जैक ग्रिलीश, नाथन एके, नोडी मुकेले, रियाद महरेज, जोआओ कैन्सेलो र गैब्रेल जिससले एक एक गोल गर्नुभयो । लेप्जिगका लागि नकुङ्कले हयाट्रिक गोल गरेपनि म्यान्चेष्टर सिटीलाई रोक्न पर्याप्त भएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?