logo
२०८१ बैशाख १४ शुक्रवार



एडिन्सन काभानी योङ्ग बोइज विरुद्धको खेलमा अनुपस्थित रहने

फुटबल |
खेलकुद |


एडिन्सन काभानी योङ्ग बोइज विरुद्धको खेलमा अनुपस्थित रहने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । म्यान्चेष्टर यूनाइटेडका स्ट्राइकर एडिन्सन काभानीले च्याम्पियन्स लिगको पहिलो खेलमा अनुपस्थित रहनुहुने भएको छ । म्यान्चेष्टर यूनाइटेडले आज आफ्नो पहिलो खेलमा योङ्ग बोइजको सामना गर्दैछ ।
उरुग्वेका स्ट्राइकर काभानीले न्यू कैसल विरुद्धको खेलमा घाइते हुनपुग्दा उहाँले योङ्ग बोइज विरुद्धको खेल नखेल्ने हुनुभएको छ । यूनाइटेडका प्रमुख प्रशिक्षक ओले गनर सोल्स्करले काभानी एक साताका लागि मैदान बाहिर रहनुहुने बताउनुभएको छ ।
विंगर १९ वर्षीय एन्थोनी एलाङ्गा २२ सदस्यीय टोलिमा स्थान पाउनुभएको छ । गोलकिपर मातेज कोभार समेत टोलिमा हुनुहुन्छ ।
गत् साता युभेन्ट्सबाट सर्नुभएका क्रिष्टियानो रोनाल्डोले समेत पहिलो पटक म्यान्चेष्टर यूनाइटेडबाट पहिलो पटक च्याम्पियन्स लिग खेल्ने टोलिमा पर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?