logo
२०८१ बैशाख १४ शुक्रवार



नेपालले बङ्गलादेश विरुद्ध गोलरहित बराबरी खेल्यो

फुटबल |
खेलकुद |


नेपालले बङ्गलादेश विरुद्ध गोलरहित बराबरी खेल्यो


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । नेपालले बङ्गलादेश विरुद्ध गोलरहित बराबरी खेलेको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला टोलिले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालले पछिल्लो खेलको अपेक्षा तीन परिवर्तन गरेको थियो । प्रशिक्षक गैरी फिलिप्सले अञ्जना रानामगर, अनिता बस्नेत र रश्मि घिसिङलाई आजको खेलमा उतार्नुभएको थियो । अत्यन्तै स्पर्धात्मक खेलमा दुबै टोलिले गोलको प्रयत्न गरेपनि सफलता प्राप्त गर्न सकेन ।
बङ्गलादेशले खेल सुरु भएको छैठौं मिनेटमै गोल गर्ने उपयुक्त अबसर पाएको थियो । नेपाली गोलकिपर अञ्जना रानामगरको गलतीको फाइदा उठाउँदै बङ्गलादेशी खेलाडी श्रीमोती सरकारले उपयुक्त अबसर पाउनुभयो तर गोलमा परिणत गर्न सक्नुभएन ।
नेपालले समेत अमृत जैसी र सरु लिम्बूको प्रयासमा गोल गर्ने अवसर पाएको थियो । तर विपक्षी गोलकिपर रुपना चक्माले विफल तुल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?