logo
२०८१ बैशाख १४ शुक्रवार



मेस्सी र नेयमार बिनाको पीएसजीको सहज जित

फुटबल |
खेलकुद |


मेस्सी र नेयमार बिनाको पीएसजीको सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । पेरिस सैन्ट जर्माइन(पीएसजी)ले फ्रेञ्च लिग वानमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । उसले फ्रेञ्च लिग वानको लगातार पाँच मध्येको पाँचौं खेलमा जित निकालेको हो ।
लियोनल मेस्सी र नेयमार बिनाको पीएसजीले गए राति अबेर सम्पन्न खेलमा क्लेमन्टमाथि ४–० को सहज जित हात पार्यो । पीएसजीको जितमा हेर्रेराले पहिलो हाफमै दुई गोल गर्नुभयो । क्लियन म्बाप्पेले दोस्रो हाफको सुरुवातमै गोल गरेर अग्रतालाई ३–० पार्नुभयो । इद्रिसा गुएले हेडरमार्फत् ६५ औं मिनेटमा गर्नुभएको गोल पीएसजीलाई क्लेमेन्टमाथि ४–० को जित दिलाउन पर्याप्त भयो ।
क्लेमेन्ट विरुद्धको खेलमा इटालीका गोलकिपर जियानलुइगि डोनारुम्माले पीएसजीका लागि ‘डेब्यु’ गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?