logo
२०८१ बैशाख १४ शुक्रवार



नेपालले दोहामा प्रशिक्षण सुरु गर्यो

फुटबल |
खेलकुद |


नेपालले दोहामा प्रशिक्षण सुरु गर्यो
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । नेपालको राष्ट्रिय फुटबल टोलिले कतारको दोहामा प्रशिक्षण सुरु गरेको छ । गत् शुक्रबार नेपालबाट कतार प्रस्थान गरेको टोलीले दुई दिनपछि प्रशिक्षण सुरु गरेको हो ।
दोहामा फुटबल टोलीले प्रशिक्षणको पहिलो सत्र सम्पन्न गरेको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार नेपालले दोहामा दुई साताभन्दा बढी समय बिताउनेछ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको प्रशिक्षणमा रहेको टोलिलाई खेलको क्रममा खेलाडीले गरेको प्राविधिक त्रुटि औंल्याउनुका साथै फुटबल ग्राउन्डमा अभ्यास गराइएको छ ।
टो्लि सेप्टेम्बर २७ मा कतारको दोहाबाट दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीप खेल्न माल्दिभ्स प्रस्थान गर्नेछ । साफ खेलकूद अक्टोबर १ मा उद्घाटन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?