logo
२०८१ बैशाख १४ शुक्रवार



३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो

फुटबल |
खेलकुद |


३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । युरोपेली फुटबलकाे च्याम्पियन इटाली लगातार ३७ खेलमा अपराजित रहने विश्वको पहिलो फुटबल टोली बनेको छ । विश्वकप छनोट खेलमा गए राति लिथुएनियालाई हराएर इटालीले उक्त कीर्तिमान बनाएको हो ।
गत आइतबार स्वीटजरल्याण्ड विरुद्ध गोलरहित बराबरी खेल्दा नै इटालीले विश्व कीर्तिमान बनाएको दाबी गरिएको थियो । तर इटालीले गए राति सम्पन्न लिथुएनिया विरुद्धको खेलमा ५–० को जित हात पार्दा उक्त दाबीलाई खारेज गरी कीर्तिमान सुनिश्चित गरेको छ । एभर्टनबाट ऋणमा युभेन्ट्स पुग्नुभएका मोइज किनले दुई गोल गर्नुभयो । ११ औं मिनेटमा सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो ।
१४ औं मिनेटमा लिथुएनियाका एदगर्स उत्कुसेले आत्मघाती गोल गर्दा इटालीले अग्रतालाई दोब्बर पार्यो । गिसोमो रासपडोरीले २४ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाएको चार मिनेटपछि किनले ब्यक्तिगत् दोस्रो गोल थप्दा इटालीले पहिलो हाफसम्म ४–० को अग्रता बनायो । दोस्रो हाफको सुरुवातमै जियोभानी डी लोरेञ्जोले गोल थप्दा इटालीले लिथुएनियामाथि ५–० को जित सुनिश्चित गर्यो ।
इटालीले स्वीटजरल्याण्डसँग बराबरी खेल्दा अपराजित यात्राको विश्व कीर्तिमान बनाएको दाबीलाई ब्राजिलले खारेज गरेको थियो । ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको दाबी गर्न पुग्यो । इटालीले सन् २०१८ को सेप्टेम्बर १० मा नेशन्स लिगमा पोर्चुगल विरुद्ध गुमाए यता एउटै खेल हारेको छैन ।
विश्वकप छनोट अन्तर्गत समूह सी मा रहेको इटाली अब दोस्रो स्थानको स्वीटजरल्याण्डभन्दा छ अङ्कको स्पष्ट अग्रता लिएको छ । उसले चार वटा छनोट खेल अझै खेल्न बाँकी नै छ । स्वीटजरल्याण्डले भने अब दुई खेल मात्रै खेल्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?