logo
२०८१ बैशाख १४ शुक्रवार



पोर्चुगलको अजरबैजानमाथि सहज जित

फुटबल |
खेलकुद |


पोर्चुगलको अजरबैजानमाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । पोर्चुगलले अजरबैजानमाथि ३–० को सहज जित हात पारेको छ । विश्वकप छनोट अन्तर्गत गए राति सम्पन्न खेलमा पोर्चुगलले अजरबैजानलाई हराएको हो ।
पोर्चुगलको जितमा बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र जोटाले समान एक एक गोल गर्नुभयो । म्यान्चेष्टर सिटीका बर्नाडोले २६ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाउनुभयो । ब्रुनो फर्नान्डेजको क्रसलाई डिएगो जोटाले नियन्त्रणमा लिन नसक्दा अवसर गुमाएको पोर्चुगलले ३१ औं मिनेटमा आन्द्रे सिल्भाको गोलबाट अग्रतालाई दोब्बर पार्यो । लिभरपुलका जोटाले ७५ औं मिनेटमा हेडरमार्फत गर्नुभएको गोल पोर्चुगललाई अजरबैजानमाथि ३–० जित दिलाउन पर्याप्त भयो ।
पोर्चुगलले जितसँगै समूह ए को शीर्ष स्थानमा उक्लेको छ । पाँच खेलबाट उसले १३ अङ्क बटुलेको छ । दोस्रो स्थानमा रहेको सर्बियाले आयरल्याण्डसँग बराबरी खेलेर अङ्क बाँडेको छ । उसको ११ अङ्क छ ।
पोर्चुगल भने आफ्नो स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रेको थियो । पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराउँदा गोल गर्नुभएका रोनाल्डोले आफ्नो टी शर्ट फुकाल्दा खेल रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाउँदा उहाँ एक खेलका लागि निलम्बनमा पर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?