logo
२०८१ बैशाख १५ शनिवार



मैत्रीपूर्ण दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै

फुटबल |
खेलकुद |


मैत्रीपूर्ण दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । नेपालले मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तगर्तको दोस्रो तथा अन्तिम खेलमा भारतको सामना गर्दैछ । पहिलो खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो ।
अपेक्षाकृत शक्तिशाली प्रतिद्वन्दीलाई पहिलो खेलमा बराबरीमा रोकेको नेपाली फुटबल टोलि आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । घरेलु प्रशंसकको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे पाँच बजेपछि खेल हुनेछ । नेपालले भने पहिलो खेलको अपेक्षा सुधारिएको प्रदर्शन गर्ने र जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
पहिलो खेलमा नेपालले खाएको गोल अप्रत्याशित रहेको थियो । गोलरक्षक किरण चेम्जोङले रोक्नुभएको बललाई भारतीय खेलाडी अनिरुद्ध थापाले रिबाउन्डमा गर्नुभएको प्रहार गोलमा परिणत भएको थियो ।
भारतले भने अपेक्षा अनुसार पहिलो खेलमा प्रदर्शन दिन सकेन । खेलको पूर्व सन्ध्यामा भारतीय प्रशिक्षक इगोर स्टिम्याकले पहिलो खेलको अपेक्षा दोस्रोमा सुधारिएको प्रदर्शन गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?