logo
२०८१ बैशाख १४ शुक्रवार



लुकाकूको दुई गोलमा बेल्जियमको इस्टोनियामाथि सहज जित

फुटबल |
खेलकुद |


लुकाकूको दुई गोलमा बेल्जियमको इस्टोनियामाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । रोमेलु लुकाकूले अन्तर्राष्ट्रिय फुटबलमा बेल्जियमका लागि ६६ औं गोल पुरा गर्नुभएको छ । खेलमा पुनरागमन गर्दै बेल्जियमले इस्टोनियामाथि ५–२ को जित सुनिश्चित गर्दा लुकाकूले दुई गोल गर्नुभयो ।
खेल सुरु भएको दोस्रो मिनेटमै इस्टोनियाका कप्तान मट्टिएस कैटले गोल गर्दै बेल्जियमलाई स्तब्ध तुल्यायो । तर हान्स भनाकेनले बेल्जियमका लागि हेडरमार्फत् गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याउनुभयो । चेलसीका स्ट्राइकर रोमेलो लुकाकूले २२ औं र ५२ औं मिनेटमा लगातार दुई गोल गर्दै बेल्जियमलाई ३–१ को बलियो स्थितिमा ल्याउनुभयो । ६४ औं मिनेटमा एक्सेल विटसेलले गोल गर्दा बेल्जियमले अग्रतालाई थप मजबूत बनायो । ७६ औं मिनेटमा थोमस फोकेटले गोल थप्दा खेल ५–१ को स्थितिमा आयो । तर एरिक सोर्गाले ८३ औं मिनेटमा गोल गरेपनि इस्टोनियाले खेलमा फर्किन अत्यन्तै ढिला गरिसकेको थियो ।
जितसँगै बेल्जियम समूह इ को शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलबाट दश अङ्क जोडेको छ । चेक रिपब्लिक सात अङ्कसहित दोस्रो स्थानमा छ । चेक रिपब्लिकले गए राति नै सम्पन्न अर्को खेलमा बेलारुसमाथि १–० को जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?