logo
२०८१ बैशाख १४ शुक्रवार



विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार

फुटबल |
खेलकुद |


विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । स्पेन विश्वकप फुटबल २०२२ को छनोट खेलमा सन् १९९३ पछि पहिलो पटक हार बेहोरेको छ । स्वीडेनले खेलमा पुनरागमन गर्दै स्पेनलाई २–१ ले हराएको छ ।
खेल सुरु भएको चौथो मिनेटमै स्पेनका ‘डेब्युडेन्ट’ कार्लोस सोलेरले लुईस एनरिकको पासलाई गोलमा परिणत गर्दै १–० को अग्रता दिलाउनुभयो । तर १२ सेकेण्ड नबित्दै अलेक्जेण्डर इसाकले स्पेनिस डिफेन्सले गरेको गलतीको सदुपयोग गर्दै बराबरी गोल फर्काउँदा स्वीडेनले खेल १–१ को बराबरीमा ल्यायो ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोर क्लैस्सोनले डेजन कुलुसेस्कीको पासलाई नियन्त्रणमा लिँदै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि स्वीडेनका लागि उक्त गोल नै जित दिलाउन पर्याप्त भयो । यसअनि सन् १९९३ मा कोपेनहेगनमा विश्वकप छनोटमा स्पेनले डेनमार्कबाट हार बेहोरेको थियो । त्यसयता स्पेनले ५२ वटा विश्वकप छनोट खेल जितेको छ भने १४ वटा खेलमा बराबरी गरेको छ ।
जितसँगै स्वीडेन समूह बी को शीर्ष स्थानमा उक्लेको छ । उसले तीन खेलबाट नौ अङ्क जोडेको छ । स्पेनले चार खेलबाट सात अङ्क जोडेको छ । छनोटमा समूह विजेताले मात्रै विश्वकप खेल्न योग्य हुने हुँदा स्पेनले अब प्ले अफ खेल्नुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?