logo
२०८१ जेष्ठ १९ शनिवार



अफगान महिला फुटबल टोलिका सदस्यलाई उद्धार गर्न फिफाको आग्रह

फुटबल |
खेलकुद |


अफगान महिला फुटबल टोलिका सदस्यलाई उद्धार गर्न फिफाको आग्रह
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । फुटबल सञ्चालनको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले अफगान महिला फुटबल टोलिका सदस्यहरुलाई आपातकालीन उद्धार गर्नुपर्ने बताएको छ । फिफाले उद्धारका लागि केही राष्ट्रलाई आग्रह गर्दै पत्राचार गरेको छ ।
तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि फुटबल टोलिका सदस्य त्रसित छन् । खेलाडीको संगठन(फिफप्रो)ले समेत खेलाडी उद्धारमा सहयोगका लागि अपील गरेको छ । फिफाले भनेको छ, “अफगानिस्तानको स्थिति अस्थिर र अत्यन्तै चिन्ताजनक रहेको छ ।”
अफगानिस्तानको राष्ट्रिय महिला टोलीका पूर्ब कप्तान खालिदा पोपलले खेलकूद निकायलाई खेलाडीको सुरक्षामाथि ध्यान दिन आग्रह गर्नुभएको थियो । तालिबानको शासनमा अफगानिस्तानमा छुटन पुगेकाले कठीन समस्याको सामना गर्नुपर्ने उहाँले दाबी गर्नुभएको थियो ।
तालिबानले नियन्त्रणमा लिएदेखि अधिकांश खेलाडी लुकेर बस्नुपरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?