logo
२०८१ बैशाख १४ शुक्रवार



मेस्सी पीएसजीमा आबद्ध

फुटबल |
खेलकुद |


मेस्सी पीएसजीमा आबद्ध
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी पेरिस सैन्ट जर्माइनमा आबद्ध हुनुभएको छ । ला लिगाको आर्थिक सीमितता सम्बन्धी प्रावधानका कारण बार्सिलोनाले मेस्सीका लागि उपयुक्त रकम तिर्न नसक्दा उहाँ मुक्त हुनुभएको थियो ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षे अनुबन्धन सम्झौता गर्नुभएको छ । अनुबन्धनमा मेस्सीले चाहे तेस्रो वर्ष समेत पीएसजीका लागि खेल्न सक्ने प्रावधान राखिएको छ । सम्झौतापछि मेस्सीले भन्नुभयो, “पेरिसमा नयाँ अध्याय सुरु गर्न म अत्यन्तै उत्साहित छु, क्लब र उसको दृष्टि मेरो लक्ष्यसँग मेल खाएको छ ।” “क्लबका खेलाडी र कर्मचारी कति धेरै कुशल छ मलाई थाहा छ, म पर्सडेस प्रिन्सेस पिचमा पाइला चाल्न उत्साहित भएर पर्खेको छु ।”–उहाँले भन्नुभयो ।
पीएसजीका अध्यक्ष नासेर अल खेलैफिले मेस्सीले पीएसजी छनोट गरेकोमा खुशी रहेको र उहाँलाई परिवारसहित पेरिसमा स्वागत गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो । पीएसजीमा मेस्सीले ३० नम्बर जर्सी लगाउनुहुनेछ । उहाँले दुई जना सबैभन्दा महँगा खेलाडी नेयमार र कायल म्बाप्पेसँगै पीएसजीको आक्रमण सम्हाल्नुहुनेछ ।
मेस्सीले आगामी शनिबार स्ट्रासबर्गमा पीएसजीका लागि ‘डेब्यु’ खेल खेल्नुहुनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?