logo
२०८१ जेष्ठ ८ मंगलवार



कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का

फुटबल |
खेलकुद |


कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का भएको छ । दोस्रो सेमीफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएछि उपाधिका लागि दक्षिण अमेरिकी दुई राष्ट्रबीच स्पर्धा हुने भएको हो ।
आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी शूट आउटमा ३–२ ले हरायो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । अर्जेन्टिनी गोलकिपर एमिलिआनो मार्टिनेजले कोलम्बियाको तीन वटा प्रहारलाई विफल तुल्याएपछि उसले उपाधिको लागि हुने स्पर्धा स्थान सुनिश्चित गर्न सफल भयो ।
आष्टन भिल्लाका गोलकिपर मार्टिनेजले देभिन्सन साञ्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहारलाई विफल तुल्याउनुभयो । लियोनल मेस्सीले लौटेरो मार्टिनेजका लागि गोलको अवसर जुराएपछि अर्जेन्टिनाले खेल सुरु भएको सातौं मिनेटमा नै १–० को अग्रता लिन सफल भयो । पहिलो हाफसम्म अग्रता जोगाएको अर्जेन्टिनाले दोस्रो हाफमा निरन्तरता दिन सकेन । ६१ औं मिनेटमा कोलम्बियाका लुईस डाएजले गोल फर्काउँदै खेल बराबरीमा ल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?