logo
२०८१ जेष्ठ ४ शुक्रवार



ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुग्यो
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । ब्राजिल कोपा अमेरिका फुटबल कपको फाइनलमा पुगेको छ । पेरुलाई १–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
ब्राजिललाई फाइनलमा पुर्याउन टोलेटिनो कोइल्हो लिमाले गर्नुभएको एक मात्र गोल निर्णायक रहयो । ३५ औं मिनेटमा नेयमारले पेरुका तीन जना डिफेन्डरलाई छिचोल्दै दिनुभएको क्रसलाई लिमाले गोलमा परिणत गर्नुभयो । ब्राजिलले हालसम्म आफूले आयोजना गरेको कोपा अमेरिकाको सबै संस्करण जितेको छ । ब्राजिलले फाइनलमा दोस्रो सेमीफाइनलमा अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग स्पर्धा गर्नेछ ।
ब्राजिलले कोपा अमेरिकाको सन् २०१९ को संस्करणको फाइनलमा समेत पेरुलाई हराएर ९ औं पटक उपाधि जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?