logo
२०८१ बैशाख १५ शनिवार



स्वीडेनलाई हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


स्वीडेनलाई हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुग्यो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार १६ गते । युक्रेनले स्वीडेनलाई हराएर युरोकप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । यूक्रेनले थपिएको समयको अतिरिक्त समयमा गरेको गोलले उसको स्वीडेनमाथि जित सम्भव बनायो ।
अर्टेम डोबाइकले १२१ औं मिनेटमा गोल गर्नुभयो । हयाम्पडेनमा सम्पन्न अन्तिम १६ को पहिलो खेलको पहिलो हाफमा दुबै टोलीले १–१ को बराबरी खेलेको थियो । २७ औं मिनेटमा ओलेक्सान्ड्र जिन्चेन्कोले सुरुवाती गोल गर्दै यूक्रेनलाई १–० को अग्रता दिलाउनुभयो । तर ४३ औं मिनेटमा स्वीडेनका एमिल फोसर्गको गोलले हाफ टाइम अघि खेल १–१ को बराबरीमा ल्यायो ।
अतिरिक्त समयमा मार्कस डेनिएल्सनले रातो कार्ड पाएपछि स्वीडेन दश खेलाडीमा सीमित हुन पुग्यो । खेल पेनाल्टीमा जाने करिब करिब सुनिश्चित भएको अवस्थामा डोबाइकले गोल पोष्टको नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि युक्रेनले क्वार्टरफाइनलको यात्रा सुनिश्चित गरेको हो ।
मात्र तीन अङ्क जोडेको युक्रेन समूह चरणको तेस्रो स्थानमा रहे पनि नकआउट प्रवेश पाउँदा सात अङ्कसहित शीर्षस्थानमा रहेको स्वीडेन भने नकआउटमा हार बेहोर्दै युरोकपबाट बाहिरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?