logo
२०८१ बैशाख १४ शुक्रवार



राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

क्रिकेट |
खेलकुद |


राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मङ्गलबारबाट राष्ट्रिय क्रिकेट टोलीकाे बन्द प्रशिक्षणमा सूचीकृत खेलाडीहरुको प्रशिक्षण सुरु भएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ ।
नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित विश्व क्रिकेट लिग डिभिजन २ को तयारीस्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिताको तालिका भने सार्वजनिक भइसकेको छैन । बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर गत साता नै श्रीलङ्काबाट नेपाल फर्किनुभएको थियो ।
प्रशिक्षणमा अलराउन्डर पृथु बाँस्कोटाले ब्यक्तिगत कारणले उपस्थित हुन नसक्ने जनाउनुभएको छ । बाँकी १९ जना खेलाडी प्रशिक्षणमा सहभागी भएको क्यानले जनाएको छ ।
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ सेख, पारस खडका, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएका छन् । त्यसैगरी, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ बन्द प्रशिक्षणमा सहभागी भएको क्यानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?