logo
२०८१ बैशाख १५ शनिवार



चेक रिपब्लिकलाई हराएर इंग्ल्याण्ड समूह विजेता बन्यो

फुटबल |
खेलकुद |


चेक रिपब्लिकलाई हराएर इंग्ल्याण्ड समूह विजेता बन्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ९ गते । रहीम स्टर्लिङले यूरो कप फुटबलमा दोस्रो गोल गरेपछि इंग्ल्याण्डले चेक रिपब्लिकलाई हराएको छ । समूह डी को आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकलाई १–० ले हराएको छ । चेक रिपब्लिकमाथि जितसँगै इंग्ल्याण्ड समूह विजेता बनेको छ ।
इंग्ल्याण्डले अन्तिम १६ मा फ्रान्स, जर्मनी, हँगेरी वा पोर्चुगलमध्ये एक टोलिको सामना वेम्ब्लीमा गर्नेछ । १२ औं मिनेटमा जैक गै्रलिसको क्रसलाई आर्सनलका बुकायो साकाले स्टर्लिङतर्फ तेस्र्याउँदा स्टर्लिङले गोलमा परिणत गर्न सफल हुनुभयो । उक्त गोल नै इंग्ल्याण्डलाई चेक रिपब्लिकमाथि जित दिलाउन पर्याप्त भयो ।
आइसोलेशनमा बस्नुभएका मेसन माउन्टको अनुपस्थितिमा इंग्ल्याण्डका लागि बुकायो साकाले उत्कृष्ट प्रदर्शन गर्नुभयो । कप्तान हयारी केन अझै यूरो कप फुटबल २०२० मा आफ्नो पहिलो गोलमा खोजीमा हुनुहुन्छ । पहिलो हाफमा उहाँको प्रहार किपर टोमस भेक्लिकले विफल तुल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?