logo
२०८१ बैशाख १५ शनिवार



डच मीडफिल्डर भान डे बीक यूरो २०२० बाट बाहिरिए

फुटबल |
खेलकुद |


डच मीडफिल्डर भान डे बीक यूरो २०२० बाट बाहिरिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २५ गते । म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर डोनी भान डे बीक यूरो कप फुटबल २०२० बाट बाहिरिनुभएको छ । कम्मर र तीघ्राको बीचमा आएको चोटका कारण उहाँ बाहिरिनुभएको हो ।
२४ वर्षीय भान डे बीकले पहिलो सिजनमा म्यान्चेष्टर यूनाइटेडमा समेत मात्र चार लिग खेलमा सहभागी हुनुभएको थियो । उहाँ गत् वर्ष एजेक्सबाट यूनाइटेड सनुभएको हो ।
भान डे बीकले नेदरल्याण्ड्सका लागि १९ खेलमा सहभागी हुनुभएको छ । पछिल्लो पटक नेदरल्याण्ड्सले गत् मार्चमा जिब्राल्टरमाथि ७–० को सहज जित हात पार्दा भान डे बीक टोलिका सदस्य हुनुहुन्थ्यो । समह सी मा रहेको डच टोलिले यूरो कप फुटबल २०२० को यात्रा आगामी आइतबार यूक्रेनको सामना गर्दै सुरुवात गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?