logo
२०८१ बैशाख १५ शनिवार



भिल्लारियल यूरोपा लिगको च्याम्पियन

फुटबल |
खेलकुद |


भिल्लारियल यूरोपा लिगको च्याम्पियन
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । स्पेनिस फुटबल क्लब भिल्लारियल पहिलो पटक यूरोपा लिगको उपाधि जितेको छ । पेनाल्टी शूटआउटमा म्यान्चेष्टर यूनाइटडेलाई ११–१० ले हराउँदै भिल्लारियल पहिलो पटक क्लब फुटबलको उपाधि जितेको हो ।
निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि अतिरिक्त समयमा समेत कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा आउटफिल्डमा रहेका सबै २० खेलाडीले अबसर पाए । म्यान्चेष्टर यूनाइटेडका देविड डे गीको पेनाल्टी प्रहार भिल्लारियलका गोलकिपर जेरोनिमो रुल्लीले असफल तुल्याउँदा भिल्लारियल उपाधि जित्न सफल भयो ।
आर्सनलका पूर्ब प्रशिक्षक यूनै एमेरीले चौथो पटक यूरोपा लिगको उपाधि दिलाउनुभयो । पहिलो हाफको २९ औं मिनेटमा भिल्लारियलका लागि जिराड मोरेनोले गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । एडिन्सन कभानीले दोस्रो हाफको दश मिनेटपछि गोल गर्दै यूनाइटेडलाई खेलमा पुनरागमन गराउनुभयो । तर निर्धारित समयमा दुबै टोलिले थप गोल जोड्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत कुनै गोल हुन नसकेपछि पेनाल्टी शूट आउटमा गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?