logo
२०८१ बैशाख १४ शुक्रवार



विश्वकप छनोट खेल्ने टोलीका सबै सदस्यको ‘पीसीआर’ नेगेटिभ

फुटबल |
खेलकुद |


विश्वकप छनोट खेल्ने टोलीका सबै सदस्यको ‘पीसीआर’ नेगेटिभ


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ११ गते । विश्वकप फुटबल २०२२ को छनोट खेल्न कुवेत प्रस्थान गरेको टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को संयोजकत्वमा सबै खेलाडी तथा अधिकारीहरुको सोमबार बिहान पीसीआरको नमुना सङ्कलन गरिएको थियो ।
एन्फाका अनुसार सोमबार बिहान २३ खेलाडी र १२ जना अन्य अधिकारीको पीसीआर परीक्षण गरिएको थियो । सोमबार अबेर राति नै खेलाडी तथा अधिकारीहरुको परीक्षण प्रतिवेदन आएकोमा सबैको कोभिड रिपोर्ट नेगेटिभ आएको हो ।
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण फुटबल खेल्न नेपालको राष्ट्रिय फुटबल टोली मङ्गलबार इराक प्रस्थान गर्नेछ । कतार एयरलायन्सको विशेष उडानबाट खेलाडी तथा अधिकारीहरु इराक जानेछन् । नेपालले इराक विरुद्धको मैत्रीपूर्ण फुटबल खेल शनिबार बसरामा खेल्नेछ ।
लगत्तै नेपाली फुटबल टोली कुवेत प्रस्थान गर्नेछ । कुवेतमा विश्वकप फुटबल २०२२ को छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेइसँग जुन ३ मा, जोर्डनसँग जुन ७ मा र अष्ट्रेलियाविरुद्ध जुन ११ मा खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?