logo
२०८१ बैशाख १५ शनिवार



प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब

फुटबल |
खेलकुद |


प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ८ गते । विश्व फुटबलको सर्बोच्च निकाय(फिफा)ले विश्वकप फुटबलको आयोजना प्रत्येक दुई वर्षमा गर्ने प्रस्ताबमाथि सम्भाब्य अध्ययन गर्ने भएको छ । सऊदी अरेबिया फुटबल फेडेरेशन(साफ)ले फिफाको वार्षिक कँग्रेसमा उक्त प्रस्ताब ल्याएको हो ।
सम्भाब्य अध्ययनमा छनोट प्रतियोगिता समेत समेटिनेछ । साफका अध्यक्ष यासेल अल मिसेहलले फुटबलको भविष्य अत्यन्त आलोचनात्मक मोडमा पुगेको बताउनुभयो । फुटबलले सामना गरिरहेको थुप्रै मुद्दा महामारीले गर्दा अझै बढ्दो अवस्थामा छ ।
“खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलिको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हित समेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।”– उहाँले बताउनुभयो ।
सऊदी अरेबियाको उक्त प्रस्ताबमा १६६ राष्ट्रले समर्थन गरेको छ । २२ राष्ट्रले उक्त प्रस्ताबको बिपक्षमा मतदान गरेको हो । सन् १९३० मा पहिलो पटक पुरुष विधातर्फको विश्वकप फुटबल प्रतियोगिताको सुरुवात भएदेखि प्रत्येक चार वर्षको अन्तरालमा हुँदै आएको छ । सन् १९४२ र १९४६ मा भने दोस्रो विश्वयुद्धको कारण विश्वकप फुटबल स्थगित हुन पुगेको थियो । महिला विधातर्फको विश्वकप फुटबल सन् १९९१ बाट सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?