logo
२०८१ बैशाख १५ शनिवार



नेपाल सुपर लिगको फाइनलमा काठमाडौं र धनगढीबीचको स्पर्धा पक्का

फुटबल |
खेलकुद |


नेपाल सुपर लिगको फाइनलमा काठमाडौं र धनगढीबीचको स्पर्धा पक्का
तस्विर-एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । नेपाल सुपर लिग(एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीचको भेट पक्का भएको छ । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं रेजर्सले फाइनलमा धनगढीसँगको भेट सुनिश्चित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न प्ले अफ खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनिलाई हराएर दोस्रो प्ले अफका लागि स्थान सुरक्षित गरेको थियो ।
काठमाडौंको जितमा मेस्सौक ओलौमौले दुई गोल गर्नुभयो । स्टिफन बिनोङगले गोल थप्दा काठमाडौंले ललितपुरमाथि जित हात पार्दै फाइनलको लागि स्थान सुरक्षित गर्यो ।
शनिबार हुने फाइनल खेलमा काठमाडौंले धनगढीको सामना गर्नेछ । लिग चरणमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंले पहिलो प्ले अफमा धनगढीसँग हार बेहोर्दा फाइनलमा पुग्न अर्को अवसर पाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?