logo
२०८१ बैशाख १४ शुक्रवार



चेलसीले म्यान्चेष्टर सिटीलाई हरायो

फुटबल |
खेलकुद |


चेलसीले म्यान्चेष्टर सिटीलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २६ गते । सर्जियो अग्वेरोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि म्यान्चेष्टर सिटीको चेलसी बिरुद्धकै खेलबाट प्रिमियर लिगको उपाधि जित्ने अपेक्षामाथि ‘ब्रेक’ लागेको छ । एतिहाद रङशालामा गए राति अबेर सम्पन्न खेलमा चेलसीले म्यान्चेष्टर सिटीमाथि २–१ को जित हात पार्यो । तीन साताभित्र चेलसीको म्यान्चेष्टर सिटीमाथि यो दोस्रो जित हो । यसै महिनाको अन्त्यमा दुबै टोलिले च्याम्पियन्स लिगको फाइनलमा फेरी एकपटक भिड्नेछ ।
चेलसीसँग स्पर्धा गर्नुअघि म्यान्चेष्टर सिटीलाई इंग्लीश प्रिमियर लिगको सातौं पटक विजेता बन्न तीन अङ्कको खाँचो थियो । तर चेलसीले सिटीको हतारलाई अस्वीकार गर्दै हारको सामना गर्न बाध्य बनायो । रहिम स्टर्लिङगको गोल पोष्ट नजिकको प्रहारबाट हाफ टाइम हुनुअघि म्यान्चेष्टर सिटीले खेलमा १–० को अग्रता लियो ।
४४ औं मिनेटमा अग्वेरोले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सक्नुभएन । प्रिमियर लिगको जारी संस्करणमा अग्वेरोले चौथो पटक पेनाल्टीलाई गोलमा परिणत गर्न सक्नुभएन । उक्त प्रहार विफल हुँदा म्यान्चेष्टर सिटी २–० को अग्रता लिनबाट चुक्यो ।
ह्किम जाएकले ६३ औं मिनेटमा चेलसीको मौनतालाई तोड्दै बराबरी गोल फर्काउनुभयो । इन्ज्युरी समयमा मार्कस अलेन्सोले गोल गर्दा चेलसी म्यान्चेष्टर सिटीमाथि २–१ को जित सुनिश्चित गर्न सफल भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?