logo
२०८१ बैशाख १४ शुक्रवार



बेयार्न म्युनिक लगातार ९ औं पटक जर्मनी लिगको विजेता

फुटबल |
खेलकुद |


बेयार्न म्युनिक लगातार ९ औं पटक जर्मनी लिगको विजेता
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २६ गते । बेयार्न म्युनिक लगातार ९ औं पटक जर्मनी फुटबल लिग बुन्डेसलिगाको उपाधि जितेको छ । रोबर्ट लेवान्डोस्कीले हयाट्रिक गोल गरेपछि बेयार्नको उपाधिको यात्रा सहज भयो । बेयार्न म्युनिकले बोरसिया मोन्चेङ्ग्लाब्याकलाई ६–० को सहज र आरामदायी जित हात पार्यो । बुन्डेसलिगामा बेयार्नले अन्तिम दुई खेल अगावै उपाधि हात पारेको हो ।
आरबी लेप्जिगले बोरसिया डर्टमन्टसँग हार बेहोरे लगत्तै बेयार्नले उपाधि जित्ने लगभग तय भएको थियो । लेवान्डोस्कीको दुई तथा थोमस म्युलर र किंग्स्ली कोमनको एक एक गोलले पहिलो हाफमा बेयार्न म्युनिकले ४–० को अग्रता लियो । बेयार्नले पाएको पेनाल्टीको अबसरलाई लेवान्डोस्कीले गोलमा परिणत गर्दा खेलमा उसले ५–० को अग्रता लियो । लेरोय सैनले ८५ औं मिनेटमा आफ्नै पोष्टमा गोल गर्दा बेयार्न म्युनिकले ६–० को जित निकाल्यो ।
शीर्ष स्थानको बेयार्नसँग सात अङ्कले पछाडि रहेको आरबी लेप्जिगले बोरसिया डर्टमन्डसँग २–३ ले हार बेहोरेपछि बेयार्न म्युनिकको उपाधिको यात्रा चुनौतीबिहीन बन्न पुग्यो । बेयार्न म्युनिकको जितमा हयाट्रिक गोल गर्नुभएका लेवान्डोस्कीले बुन्डोसलिगामा ३९ गोल गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?