logo
२०८१ बैशाख २७ बिहीवार



बिराटनगरको धनगढीमाथि सहज जित

फुटबल |
खेलकुद |


बिराटनगरको धनगढीमाथि सहज जित
तस्विर–नेप्लेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १२ गते । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो खेलमा बिराटनगरले धनगढीमाथि सहज जित हात पारेको छ । आज सम्पन्न दिनको पहिलो खेलमा बिराटनगर सिटी एफसीले धनगढी एफसीमाथि ३–० को सहज जित हात पार्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा बिराटनगरको जितमा बिक्रम धिमाल, एडेलाजा ओलुवावुन्मी र सन्तोष तामाङले एक एक गोल गरे । खेल सुरु भए लगत्तै आक्रामक रुपमा प्रस्तुत भएको धनगढीले भने उक्त लयलाई निरन्तरता दिन सकेन । बिराटनगरले भने खेलको १५ औं मिनेटमा बिक्रम धिमालको गोलबाट सुरुवाती अग्रता लियो । हाफटाइमसम्म १–० को अग्रता पाएको बिराटनगरले दोस्रो हाफमा दुई गोल थप्यो । ५७ औं मिनेटमा ओलुवावुन्मीले गोल अन्तर दोब्बर पार्नुभयो । सन्तोष तामाङले ६९ औं मिनेटमा थप्नुभएको गोल बिराटनगरलाई धनगढीमाथि ३–० को जित सुनिश्चित गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?