logo
२०८१ बैशाख १५ शनिवार



अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या


संयुक्त राष्ट्रसङ्घ, पुस २१ गते । संयुक्त राष्ट्रसङ्घ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न सङ्घसंस्थाले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नुपरेको बताइएको छ ।

यहाँ केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।

यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।

यो हिमपातले यहाँका स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणको लागि काम गरिरहेका संयुक्त राष्ट्रसङ्घीय र अन्य संस्थाका सहायताकर्मी पनि बिरामी परेका बताइएको छ । यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधि उपलब्ध गराइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?