logo
२०८१ जेष्ठ ४ शुक्रवार



संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

फिचर |
पढ्नै पर्ने |


संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी


काठमाडौं, भदौ २ गते । दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेको बाँकी रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटमध्ये १४६ सांसदको तर्फबाट परेको रिटलाई मुल मुद्दा मानि फैसला गरेपछि बाँकी रहेको २९ रिटमाथि आज सुनुवाइ भइरहेको बताउनुभयो ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले यसअघिकै इजलासलाई निरन्तरता दिनुभएको छ । इजसालमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।
जेठ ८ मा भएको संसद विघटनविरुद्ध सर्वोच्चमा २६ रिट प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बनाउन माग गर्दै र चार रिट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनाउन माग गर्दै दर्ता भएका थिए ।
विघटन मुद्दाको फैसलापछि सर्वोच्चले पहिलोपटक मुद्दाको सुनुवाइ गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?