logo
२०८० चैत्र ६ मंगलवार



देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैनः बरिष्ठ नेता नेपाल

फिचर |
राष्ट्रिय |


देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैनः बरिष्ठ नेता नेपाल
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १६ गते । नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्नुहँुदै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्नुहुदै वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको बताउनुभएको हो । हामीले राम्रोबाट सिक्नुपर्छ, नराम्रोबाट होइन, स्वस्थ वायु लिनुपर्छ, अस्वस्थ वायु होइन, नेता नेपालले बताउनुभएको छ ।

उहाँले सत्य र आदर्शलाई नै आत्मसात् गर्दे कसैबाट तर्सेर र मैदानबाट भाग्नुपर्ने आवश्यकचा नभएको पनि बताउनुभयो । नेता नेपालले गलत कामको सामना गर्नुपर्छ तर सहि तरिकाबाट आफूहरु अघि बढ्नुपर्ने पनि धारणा राख्नुभएको छ ।

अहिलेको अवस्थामा एमाले जबजको सिद्धान्तबाट निरंकुश प्रवृत्तिलाई निरुपण गर्दै अघि बढ्नुपर्ने नेता नेपालको भनाइ छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा सबै नागरिकलाई कोरोनाविरुद्दको खोप उपलब्धताका लागि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

यसैगरी, कर्णालीमा भएको तुइन घटनाप्रतिपनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले अध्यक्ष ओलीले आजसम्म पार्टी विवाद वार कि पार लगाउन निर्देशन दिनुभएको थियो । यसबीचमा एमाले संस्थापन पक्षबाट नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेले नेता नेपाल निवासमा पुगि पार्टी एकताको सम्बन्धमा छलफल गर्नुभएको थियो । यहि अवस्थामा एमाले वरिष्ठ नेता नेपालले अखिल फोर्सद्वारा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?