logo
२०८१ बैशाख १४ शुक्रवार



सरकारी जागिरसँगै लोभलाग्दो तरकारी खेती

फिचर |
पढ्नै पर्ने |


सरकारी जागिरसँगै लोभलाग्दो तरकारी खेती


राजन रावत
हुम्ला, असार ६ गते । सरकारी जागिरसँगै सुरु गरिएको तरकारी खेती लोभलाग्दो देखिएको छ । तमाखु र चोतो छर्ने बारीमा जागिरका साथै अतिरिक्त समय निकालेर थप आम्दानीको स्रोत तरकारी खेती बनेको हो ।
सिमकोट गाउँपालिकाको कार्यालयमा कार्यालय सहायकका रुपमा कार्यरत राना रावतले जागिरसँगै तरकारी खेती पनि सुरु गरेर अतिरिक्त आम्दानी गर्न सुरु गर्नुभएको छ ।

सानोतिनो जागिरबाट मात्र केही नहुने देखिएपछि कार्यालय समयभन्दा बचेको समयलाई सदुपयोग गर्न तरकारी खेती गरेर आम्दानीको श्रोत बढाएको रावतले बताउनुभयो । तमाखु ( काँचो ) र चोतो छर्ने बारीलाई तरकारी फलाएर कमाइ सुरु गरेको उहाँले बताउनुभयो । जिल्लामा अगुवा कृषकले समेत चिनिने रावतले तरकारीबाटै सिजनमा पाँच लाख र बेमौसम साँढे तीन लाख गरी वार्षिक साढे सात लाख तरकारी खेतीबाटै कमाइ गर्ने गरेको बताउनुभयो । तरकारी खेतीमा लागेपछि एकातिर समय बचत अर्कोतिर थप आम्दानीको पनि स्रोत बनाएको बताउनुभयो ।

काउली, बन्दा, प्याज, धनियाँ मूला उत्पादनबाट राम्रो कमाइ हुने गरेको उहाँले बताउनुभयो । जागिरको कमाइले धेरै समस्या टार्न कठिन भएका बेला अहिले भने केही मौज्दात गर्न पनि उहाँलाई सहज बनाएको छ । आफ्नो जग्गा स्यानो भएपछि केही जग्गा भाडामा लिएर पनि रावत तरकारी लगाउनुभएको छ । जागिरसंगै तरकारी खेती गरेकोमा समाजले राम्रो नमानेको भए पनि काम गर्न आफूले लाज नमानेको उहाँले बताउनुभयो । तरकारीका साथै स्याउ फार्म र मौरीपालन पनि रावतले गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?