logo
२०८१ बैशाख १४ शुक्रवार



१५ वर्षअघि हराएकाे हेलिकाेप्टर र मानवअवशेष भेटियाे

फिचर |
पर्यटन |


१५ वर्षअघि हराएकाे हेलिकाेप्टर र मानवअवशेष भेटियाे


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १७ गते । नेपाली सेनाले हिमाल सफाईको क्रममा १५ वर्ष अघि हराइ रहेकाे हेलिकप्टर र मान अवशेष भेटिएको बताएको छ । सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो । हिजो धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत समेत फेला परेको सेनाले बताएको छ । मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?