logo
२०८१ बैशाख १५ शनिवार



रामसीताको रथयात्रालाई देवघाटमा स्वागत, माडीमा स्थापना गरिने

फिचर |
समाज |


रामसीताको रथयात्रालाई देवघाटमा स्वागत, माडीमा स्थापना गरिने
काठमाण्डौंबाट रामसीता लिएर आएको यात्रा देवघाटमा स्वागत गरिदै । फोटो शालिग्राम नेपाल । चितवन


शालिग्राम नेपाल ।
चितवन, वैशाख ७ गते । प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलबार बिहान हिडेको रामसीतासहितको मुर्ती चितवनको देवघाटमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम–सीताका मूर्ति हस्तान्तरण गरी विहान हिडेको रथयात्रा साँझ चितवन र तनहुको संगम देवघाटमा आएको हो ।

गाडीलाई रथ आकार निर्माण गरिएको मुर्ती लिएर आएको साधानलाई संस्कृति मन्त्री भानुभक्त ढकालले स्वागत गर्नु भएको छ ।मंगलबार साँझ र वुधाबार विहान विशेष पुजा गरेर वुधबार माडीको अयोध्यापुरीमा राखिने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले जानकारी दिनु भयो ।

पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकालको उपस्थितिमा नै काटमाण्डौबाट आएको रथलाई स्वागत गर्नु भएको थियो । दर्जनौ गाडी सहित बाजागाजा भएर आएको टोली मंगलबार देवघाट बस्नेछन् ।वुधबार विहान विशेष पुजा गरेर माडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मंगलबार विहान प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्त लगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री ओलीले नै बनाउन लगाउनु भएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने तयारी छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनु भयो ।

मुर्ती अनावरण गर्नको लागि अस्थायी मद्यिनर निर्माण भइसकेको छ । त्यसको नजिकै अस्थायी टहरा निर्माण भएको प्रचारप्रसार समितिका संयोजक दवाडीले जानकारी दिनु भयो । पुरोहितहरुको सहभागिता, संस्कृतमन्त्री ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो । मंगलबार सयौं व्यक्तिहरुले देवघाटमा यात्रालाई स्वागत गरेका थिए । देवघाटबाट माडी जानको लागि दर्जान भन्दा धेरै गाडी, सयौ व्यक्ति सहभागी हुने प्रचारप्रसार समितिले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?