logo
२०८१ बैशाख १५ शनिवार



सङ्खुवासभा चैनपुरको पेट्रोल पम्पमा आगलागी

फिचर |
पढ्नै पर्ने |


सङ्खुवासभा चैनपुरको पेट्रोल पम्पमा आगलागी


दिब्यकुमारी राई
सङ्खुवासभा, फागुन, ११ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका ७ जिरो पोइन्ट नजिकै रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । ट्याङ्करबाट पेट्रोल खनाउदैँ गर्दा अचानक लागेको आगो पम्पमा सल्किएको थियो । उक्त पेट्रोल पम्प स्थानीय अनुप श्रेष्ठको हाे ।
दिउँसो करिब १२ बजे भएको आगलागीले पेट्रोल पम्पमा भएको तेल र पम्प नजिकै रहेको कर्मचारी बस्ने पाँचतले घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिनुभयो । आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?