logo
२०७७ माघ ३ शनिवार

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

फिचर |
पढ्नै पर्ने |


2021-01-14-30132


तिलाचन पाण्डे
तम्घास, माघ १ गते । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो ।

जीपमा करिब १५ जना सवार रहेको उहाँले बताउनुभयो । जिपमा सवार बेहुलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उहाँहरुलाई स्याङ्जाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ । घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ । घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?