logo
२०८१ बैशाख २७ बिहीवार



निर्यात ठप्प हुँदा दर्जनौ कन्टेनर तातोपानीको सुख्खा बन्दरगाहमा अलपत्र

अर्थ |


निर्यात ठप्प हुँदा दर्जनौ कन्टेनर तातोपानीको सुख्खा बन्दरगाहमा अलपत्र


बिदुर आचार्य
चौतारा, पुस ४ गते । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार पूनःसञ्चालन पश्चात निर्यात ठप्प छ । निर्यात शून्य भएपछि चीनबाट आएका ३१ कन्टेनर एक वर्षदेखि तातोपानीको सुख्खा बन्दरगाहमा थन्किएका छन् ।
चाइनिज ट्रान्सपोर्ट कम्पनी मुसा लजिस्ट्रिकले गत वर्षको पुसमा उक्त कन्टेनरमा सामाग्री पठाएको थियो । सामाग्री आयात भए लगत्तै न्यालम काउन्ट्रिमा हिमपात सुरु भएको, त्यस लगत्तै कोरोना भाइरस संक्रमण सुरु भएको तथा नयाँ वर्षलगायतका कारण चीन पक्षले आयातमा अनिच्छा देखाएकोले बन्दरगाहको गोदाममा कन्टेनर अलपत्र परेको आयात कम्पनी सिल्क ट्रान्सपोर्टले जनाएको छ ।
‘नेपालबाट सामाग्री निर्यात भए कन्टेनर फिर्ता जाने थियो’, सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर कल्याण सिलवालले भन्नुभयो, ‘नेपाली सामाग्री निर्यात गर्न नसकेकै कारण ती कन्टेनर फर्कन सकेनन् ।’ सिलवालका अनुसार ती कन्टेनर फिर्ता गएको खण्डमा नेपाल आयात हुने सामाग्रीमा बृद्धि हुने निश्चित छ । सुख्खा वन्दरगाहको गोदामा थन्किएपछि चीनपक्षको सामाग्री आयात गर्ने कन्टेनरमा कमी हुने र आयातमा कमी स्वतः भएको सिलवालको भनाइ छ ।
‘थन्किएका कन्टेनरको भाडा आयात कम्पनीले तिर्न सक्के अवस्था पनि छैन, फिर्ता पठाउन सकिएको पनि छैन’–आयात कम्पनी सिल्कले जनाएको छ । कन्टेनर थन्किएपछि अन्यौलता सिर्जना भएको ट्रान्सपोर्ट कम्पनीहरुले जनाएका छन् ।
बाढी पहिरो र विनाशकारी भूकम्पका कारण लामो समय वन्द रहेको तातोपानी नाका सञ्चालनको दुई वर्ष नपुग्दै दर्जनौ पटक अवरोध सिर्जना भएको थियो । कोरोना भाइरस संक्रमण सन्त्रास र बाढी पहिरोले पटक पटक अवरोध पु-याउदैँ आएको नाकाबाट पछिल्लो पटक कात्तिकबाट नियमित आयात भएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । भूकम्प अघि तातोपानी नाका हुँदै नेपालबाट उन, हस्तकलाका सामाग्री, कृषिजन्न सामाग्री नियमित निर्यात हुने गरेको थियो । भूकम्पपछि तातोपानी नाकाबाट कुनै पनि सामग्री निर्यात भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?