logo
२०८१ बैशाख १५ शनिवार



नेपालमा उत्पादित सुगन्धित तेल जर्मनी लगायतका देशमा निर्यात, माग धान्न मुश्किल

अर्थ |


नेपालमा उत्पादित सुगन्धित तेल जर्मनी लगायतका देशमा निर्यात, माग धान्न मुश्किल


गोपी ज्ञवाली
नवलपरासी, मंसिर १९ गते । पश्चिम नवलपरासी बर्दघाटमा सञ्चालनमा रहेको चिसापानी सामुदायिक सुगन्धित तेल उद्योगलाई सुगन्धित तेलको माग पूरा गर्न भ्याईनभ्याई भएको छ।
२०६९ सालमा जम्मा दश लाख रुपियाँको लगानीबाट शुरु गरिएको सुगन्धित तेल उद्योगले अहिले आफनो उत्पादन जर्मन, ईन्डोनेशीया र फिलिपिन्स सम्म निर्यात गरिरहेको अवस्थामा पछिल्लो समयमा माग बढ्दै गएपछि उद्योगलाई भ्याई नभ्याई भएको उद्योगका अध्यक्ष होमबहादुर गुरुडले बताउनुभयो ।
चिसापानी समुदायिक वन उपभोक्ता समितीद्वारा स्थापना गरिएको यस उद्योगले मेन्था, लेमनग्रास, सिटरोला, तामारोजा एवं मन्चौली लगाएतका जडीबुटीहरुको प्रशोधन गरि उत्पादित सुगन्धित तेलको माग व्यापक बढदै गएको अध्यक्ष गुरुडले बताउनुभयो ।
मुख्य रुपमा हिमालयन कायोटेक कम्पनी मार्फत आफनो उत्पादित सुगन्धित तेल देश विदेशका बजारमा पुर्याउदै आएको यो उद्योगको सुगन्धित तेलको पछिल्लो समयमा देश भित्रैका सेनेटाईजर उत्पादित कम्पनी, साबुन उद्योग, कस्मेटिक सामानहरु उत्पादन गर्ने कम्पनीहरु एवं विभिन्न प्रकारका औषधी उत्पादन गर्ने कम्पनीहरुबाट समेत सुगन्धित तेलको माग हुँदै आएको चिसापानी समुदायिक वन उपभोक्ता समितिका कार्यालय सचिव कमल परियारले बताउनुभयो ।
परियारका अनुसार विपन्न वर्गको आय आर्जन बढाउदै अत्मनिर्भरताको विकास गर्ने उदेश्यका साथ सामुदायीक बन क्षेत्र भित्रको १ सय ६० हेक्टेयर क्षेत्रफलमा स्थानीय समुदाय द्धारा जडीबुटीको खेती गर्दै आएको छ । सुगन्धित तेलको मांग बढदै गए पछि सामुदायिक वनले स्थानिय उपभोक्ताहरुलाई जिनी जमिनमा समेत जडिबुटीको खेती विस्तार गरेको छ ।
स्थानीय उपभोक्ताहरुले सामुदायिक बनमा जडिबुटीको काम गरे बापत प्रति महिना १५ हजारका दरले तलब पाउने गरेका कारण यो स्थानिय रुपमा केही हदसम्म वेरोजगारीको समस्या समेत कम भएको बताईएको छ ।
यसरी उत्पादन गरिएको सुगन्धित तेल एभरेष्ट एरोबा एवं चौधरी बायोसीस नामक कम्पनी मार्फत जर्मन, ईन्डोनेशीया एवं फीलीपीन्स सम्म पुग्ने गरेका कार्यालय सचिव परियारले बताउनुभयो ।
पछिल्लो समयमा २ सय लिटर प्रतिवर्ष उत्पादित गर्दै अएको उद्योगले अहिले आएर उत्पादन बढाएर वार्षिक ३ सय लिटर सुगन्धित तेल उत्पादन गर्दा समेत माँग पूरा गर्न नसकिएको चिसापानी समुदायिक बन उपभोक्ता समितिका कार्यालय सचिव परियारले बताउनुभयो ।
तेलको माग बढदै गएपछि आगामी वर्षमा यसको क्षेत्रफल बढाएर ३० हेकटेयर थपेर सुगन्धित तेलको उत्पादन बडाउने योजना रहेको परियारले बताउनुभएको छ । उक्त सुगन्धित तेलबाट सन्चो, विक्स एवं छालाको रोगमा प्रयोग हुने औषधि बनाउन प्रयोग हुने बताईएको छ । उक्त तेल सुगन्धित साबुन, बहुमूल्य कस्मेटिक सामानहरुको निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?