logo
२०८१ बैशाख १४ शुक्रवार



सुनसरीको इनरुवामा एक महिलाको मृत्युसहित मृतक संख्या नौ पुग्यो

प्रदेश |


सुनसरीको इनरुवामा एक महिलाको मृत्युसहित मृतक संख्या नौ पुग्यो



जयकृष्ण यादव
इनरुवा, असोज ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा एक महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ । इनरुवा ४ कि ४९ वर्षीया महिलाको मृत्युसँगै कोरोनाले सुनसरीमा मर्नेको संख्या नौ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा सोमबार विहान ती महिलाको मृत्यु भएको थियो ।

भदौ ३० गते प्रतिष्ठानको कोभिड अस्पतालमा महिलालाई भर्ना गरिएकोमा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिलाको विहान २ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भई डाइलासिस हुँदै आएको मृतक महिला मेडिसिन वार्डमा उपचारत रहनुभएको थियो । पिसीआर रिपोर्टमा पोजेटिभ देखिएपछि उहाँलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, सुनसरी जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एकहजार ४६४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?