logo
२०८१ बैशाख १४ शुक्रवार



मकवानपुरका एक सङ्क्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

फिचर |
प्रदेश |


मकवानपुरका एक सङ्क्रमितको चितवन मेडिकल कलेजमा मृत्यु
सांकेतिक तस्बिर


शालिग्राम नेपाल
चितवन, भदौ १६ गते । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मङ्गलबार बिहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन उपचार कक्ष (आइसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको उहाँले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
ती पुरुषमा सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँलाई उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । योसँगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् । यस अस्पतालमा उपचाररतमध्ये २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालमा अहिले ४० जनाभन्दा धेरै सङ्क्रमितलाई उपचार गरिँदैछ । लक्षण नदेखिएका बिरामीलाई भरतपुरको वागेश्वरी आइसोलेसन केन्द्रमा राखिएको छ भने लक्षण देखिएकालाई अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?