logo
२०७७ श्रावण २४ शनिवार

फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

खुला |
फिचर |


2020-07-16-18566
तस्बिर सभारः श्रीधर न्याैपानेकाे फेसबुक


सिन्धुपाल्चोक, साउन १ गते । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?