logo
२०८१ बैशाख १४ शुक्रवार



दोलाखाबाट गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

फिचर |
समाज |


दोलाखाबाट गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो


शिवा तामाङ
काठमाडौँ, असार १३ गते । दोलखाकी गर्भवती पासाङठिली शेर्पाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । गर्भवती शेर्पा सात महिनाकी गर्भवती हुनुहुन्छ । छ दिनदेखि अत्यधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौरीशङ्कर गाउँपालिका–४ झ्याकु निवासी शेर्पालाई थप उपचारका लागि उद्धार गरी शनिबार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली ल्याइएको हो ।
करिब एक सातादेखि रक्तश्राव भइरहेको र पेटको बच्चामा समेत समस्या देखिएकोले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले सुविधा भएको अस्पतालमा रिफर गरेपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराउनुभएको थियो । त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्नुभएको थियो ।
मन्त्रालयअन्तर्गत ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार गर्दैआएको छ । लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरूको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?