logo
२०८१ बैशाख १४ शुक्रवार



धरानबाट १८ कोरोना सङ्क्रमित निको भएर फर्किए

फिचर |
प्रदेश |


धरानबाट १८ कोरोना सङ्क्रमित निको भएर फर्किए


जयकुष्ण यादव
इनरुवा, जेठ २० गते । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना सङ्क्रमित निको भएर सोमबार राति घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई बीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरूमा एक जना धरान-१३ की महिला रहेकी छिन् भने अन्य सबै झापा जिल्लाका हुन् ।
उनीहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशङ्कर साह, सहायक निर्देशक डा. विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा. इन्द्र लिम्बुलगायतले बिदाइ गर्नुभएकाे थियाे ।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरूलाई बसमा पठाइएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना सङ्क्रमित उपचाररत छन् । ती सबै झापाका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?