logo
२०८१ बैशाख १४ शुक्रवार



रोनाल्डोलाई उछिन्दै टेनिसका फेडेरर फोर्बस खेलाडी सूचीको शीर्ष स्थानमा

फिचर |
खेलकुद |


रोनाल्डोलाई उछिन्दै टेनिसका फेडेरर फोर्बस खेलाडी सूचीको शीर्ष स्थानमा


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १७ गते । स्वीस टेनिसका महान खेलाडी रोजर फेडेरर फोर्बसको एक सय जना खेलाडीको सूचीमा शिर्ष स्थानमा पर्नुभएको छ । वर्षभरिमा सबैभन्दा बढी सम्पत्ती जोड्ने खेलाडीमा विश्व टेनिसका महान खेलाडी एवम् स्वीस नागरिक रोजर फेडेररले फुटबलका क्रिष्टियानो रोनाल्डोलाई उछिन्नुभएको हो ।
फोर्बसका अनुसार टेनिस स्टार फेडेररले पछिल्लो एक वर्षको अवधिमा दश करोड ६३ लाख अमेरिकी डलर सम्पत्ती जोड्नुभएको छ । उक्त कमाई जुन १, २०१९ देखि जुन १, २०२० सम्मको हो । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले उक्त अवधिमा दश करोड ५० लाख अमेरिकी डलर सम्पत्ती जोडेर दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
रोनाल्डोका प्रतिद्वन्दी स्पेनिस स्टार लियोनल मेस्सी भने तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले एक वर्षको अवधिमा दश करोड ४० लाख सम्पत्ती आर्जन गर्नुभएको हो । ब्राजिली खेलाडी नेयमार चौथो स्थानमा हुनुहुन्छ ।
सबैभन्दा बढी सम्पत्ती जोड्ने एक सय खेलाडीको सूचीमा भारतीय क्रिकेटका कप्तान विरोट कोहली समेत पर्नुभएको छ । उहाँ ६३ औं स्थानमा हुनुहुन्छ । यसअघि सन् २०१९ को एक सयको सूचीमा पहिलो पटक प्रवेश गर्नुभएको कोहलीले दुई करोड ६० लाख अमेरिकी डलर सम्पत्ती जोड्नुभएको छ ।
फोब्र्सले सार्वजनिक गर्ने सूचीमा खेलाडीको वार्षिक तलब, प्रचार वापत् पाउने रुपियाँ, रोयाल्टी, पुरस्कार राशी जोडेर वार्षिक सम्पत्ती मूल्याङ्कन गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?