logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदेश २ का आठ जिल्लाका सीमाबाट भित्रिए ५ हजार १२३ नेपाली

फिचर |
प्रदेश |


प्रदेश २ का आठ जिल्लाका सीमाबाट भित्रिए ५ हजार १२३ नेपाली


दीपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १० गते । भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् ।
सीमा नाकामा आएर अलपत्र परेका, भारतको विभिन्न क्वारेन्टाइनमा रहेका तथा भारतका विभिन्न सहरबाट सीमासम्म आइपुगेका नेपाली नेपाल भित्रिएका हुन् ।

प्रदेश २ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जयराम सापकोटाका अनुसार प्रदेश २ का आठ जिल्लाका विभिन्न नाकामा रहेको प्रहरीको सम्पर्कमा आएर नेपाल भित्रिएका नेपालीको सङ्ख्या पाँच हजार १२३ रहेको जानकारी दिनुभएको हो ।

शुक्रबार साँझ ५ बजेदेखि शनिबार साँझ ५ बजेसम्मको २४ घण्टे अवधिमा प्रदेश २ अन्तर्गतका विभिन्न नाका भएर ४५९ जना नेपाली भित्रिएको उहाँले जानकारी दिनुभयो । पर्साबाट ११ जना, बाराबाट ६० जना, रौतहटबाट ११ जना, सर्लाहीबाट २६ जना, महोत्तरीबाट १५७ जना, धनुषाबाट ६६ जना, सिराहाबाट ४६ जना र सप्तरीबाट ८१ जना गरी ४५९ जना रहेका छन् ।

त्यस्तै, जेठ १ गते देखि १० गते साँझ ५ बजे सम्ममा प्रहहरीकाे सम्पर्कमा आएर प्रदेश २ का आठ जिल्लाका विभिन्न नाकाबाट भित्रिएका पाच हजार १२३ जनामा, पर्साबाट ४७६ जना, बाराबाट २९९ जना, रौतहटबाट ७०८ जना, सर्लाहीबाट ६२७ जना, महोत्तरीबाट ७२४ जना, धनुषबाट ६७३ जना, सिराहाबाट ७८० जना र सप्तरीबाट ६३५ जना रहेका छन् ।

नेपाली भित्रिएपछि यी नाकाहरूबाट ५६३ भारतीयहरू बाहिरिएका छन् । प्रहरीको सम्पर्कमा नआई लुकीछिपी नेपाल भित्रिने नेपालीको सङ्ख्या यकिन नरहे पनि प्रहरीको सम्पर्कमा आएर आधिकारीक रुपमा नेपाल प्रवेश गरेका नेपालीको सङ्ख्या जेठ १ गते देखि १० गते साँझ ५ बजे सम्म ५ हजार १२३ रहेको प्रदेश २ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जयराम सापकोटाको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?