logo
२०८१ बैशाख १४ शुक्रवार



कोभिड १९ को लागि मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी

फिचर |
स्वास्थ्य |


कोभिड १९ को  लागि मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी
अस्पतालको निर्माणाधिन भवनको नक्सा


विष्णुप्रसाद पोखरेल
दमक, जेठ १० गते । कोभिड - १९ को उपचारका लागि भद्रपुर नगरपालिकास्थित मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी भएको छ । प्रदेश सरकारले अस्पताल निर्माणको ठाँउ खोजी गरेर प्रतिवेदन दिन भनेपछि कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले उपयुक्त स्थानको खोजी गरेको हो ।

तत्काल नयाँ संरचना बनाउन नसकिने भएकाले मेची अञ्चल अस्पताल नजिकमा रहेको निमार्णाधीन भवनलाई नै प्रयोग गर्न सकिने हाम्रो ठहर हो, पोर्तेलले भन्नुभयो । माथिल्लो तलामा एकसय वडासम्म बेड राखेर उपचार गर्न सकिने व्यवस्था हुनसक्ने देखिएको उहाँले जनाउनु भयो । एकसाताभित्रमा नै उक्त कोठाहरु तयार पारेर अस्पताल सञ्चालन गर्न सकिने देखिएको छ, उहाँले भन्नुभयो ।

अस्पताल सुधार कार्यक्रमअन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन निर्माण अन्तिम चरणमा रहेको छ । पोर्तेल आफैँ उक्त अस्पताल विकास समितिको अध्यक्ष पनि हुनुहुन्छ । आज बसेको समिति र सरोकारवालाहरूको बैठकले यही भवनलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको पोर्तेलले बताउनुभयो ।
विभिन्न सम्भावित स्थानहरूको खोजी गरिएको र स्थलगत अवलोकनसमेत गर्दा सबैभन्दा उपयुक्त यही देखिएको पनि उहाँले जनाउनुभयो । जिल्लाका राजनीतिक दलका प्रमुखहरू तथा सरोकारवाला निकायहरूको राय र सुझावका आधारमा सरकारकै निर्माणाधीन संरचनालाई चाँडो प्रयोगमा ल्याउँदै कोभिड अस्पताल निर्माणको सुझाव आएको हो ।

झापामा नै स्वाब परीक्षण सहित कोभिड अस्पताल निर्माणको पहल एकसाता अघिदेखि निरन्तर रुपमा हुँदै आएको छ । झापामा एकसाताको अवधिमा पनि ३३ जनामा कोरोना पोजेटिभ भेटिएको छ । उनीहरूलाई विराटनगर र धरानमा प्रदेश सरकारले बनाएको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

भारतसँग सीमा जोडिएको झापामा भारतबाट उद्धार गरेर ल्याइएका हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । कचनकवलको क्वारेन्टाइनमा रहेका कचनकवलकै ३३ जनामा कोरोना पोजेटिभ देखिएपछि सबै क्वारेन्टाइनहरुमा सङ्क्रमणको भय रहेको छ । बाहिर जिल्लाका मानिसहरूलाई पनि यहाँ परीक्षण गरेर पठाउने र कोरोना पोजेटिभ देखिए यही उपचारको बन्दोबस्त मिलाउन लागिपरेका हौँ, पोर्तेलले भन्नुभयो ।

झापाको दमकस्थित सरकारी दमक अस्पताल र भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्ड भने बनाइएको छ । 'केही समयअघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिन सकिने बताएको थियो । पछि सङ्क्रमण फैलिएर निजी अस्पतालहरूको सहयोग लिनुपर्ने अवस्था आए त्यसतर्फ पनि सोच्न सकिन्छ तर तत्काल सरकारकै संरचना प्रयोग गर्छौँ,' पोर्तेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?