logo
२०८१ बैशाख १४ शुक्रवार



अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

फिचर |
अन्तर्राष्ट्रिय |


अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप


बेइजिङ, जेठ १ गते।
अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।
मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उहाँले बताउनुभयो ।
दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता चाओले अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?