logo
२०८१ बैशाख १४ शुक्रवार



रुस, टर्की र भारतमा बढ्दो संक्रमण, अमेरिकामा ६८ हजार बढीको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


रुस, टर्की र भारतमा बढ्दो संक्रमण, अमेरिकामा ६८ हजार बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २२ गते । विश्वभरि कोरोनाभाइरसबाट संक्रमित हुने ३५ लाखभन्दा बढी भएको छ । कोभिड–१९ को संक्रमणले हालसम्म दुई लाख ४८ हजार २५ जनाको मृत्यु भएको हो । कोरोनाभाइरसले सबैभन्दा बढी संक्रमित र मृत्यु हुने अमेरिकामा छन् । अमेरिकामा सोमबार साँझसम्म संक्रमित हुने ११ लाख ५९ हजारभन्दा बढी र मृतकको संख्या ६८ हजार ४६५ दत्र्ता गरिएको छ । न्युर्योक शहरमा मात्रै तीन लाख १३ हजार संक्रमित छन् भने १८ हजार ९०९ जनाको मृत्यु भएको छ । अमेरिकामा एक लाख ५३ हजार संक्रमित निको भइसकेका छन् ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सोमबार साँझसम्म सबैभन्दा बढी भाइरसको संक्रमण अमेरिकामा ११ लाख ५९ हजार २४५ जनामा पुष्टि भएको छ । स्पेनमा दुई लाख १७ हजार ४६६ जना संक्रमित छन् । इटालीमा दुई लाख १० हजार ७१७ जना संक्रमित छन् । बेलायतमा एक लाख ८७ हजारमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । फ्रान्समा भने संक्रमणको बढ्दो रफ्तारमा कमी आएको छ । फ्रान्समा एक लाख ६८ हजार ९२५ जनामा संक्रमणको पुष्टि भएको छ ।
जर्मनीमा समेत संक्रमणको दरमा कमी आएको छ । जर्मनीमा एक लाख ६५ हजार ७४५ जना संक्रमित छन् ।
रुस, भारत र टर्कीमा भने संक्रमितको संख्यामा पछिल्लो एक साता यता भारी वृद्धि भएको छ । रुसमा पछिल्लो चार दिनमा कम्तिमा चालिस हजार नयाँ संक्रमित थपिएका छन् । तर कोरोनाभाइरस संक्रमणको मृत्यु दर भने रुसमा यूरोपेली अन्य राष्ट्रहरुको अपेक्षा थोरै पाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्क बमोजिम रुसमा हालसम्म एक हजार ३२६ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म रुसमा संक्रमित हुनेको संख्या एक लाख ४५ हजार २६८ दत्र्ता गरिएको छ । टर्कीमा उक्त संख्या एक लाख २६ हजार ४५ जना छन् ।
ब्राजिलमा संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । क्यानडामा स्थिर देखिदा कुल संक्रमित ६० हजार ५०४ पुगेको छ । बेल्जियममा ५० हजार २६७ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । पेरुमा ४५ हजार ९२८ जना संक्रमित छन् ।
भारतमा पछिल्लो एक सातामा संक्रमित हुने संख्या अत्याधिक बढेको छ । भारतमा सोमबार साँझसम्म संक्रमित हुने ४२ हजार ८३६ पुगेको विश्वविद्यालयले जनाएको छ । भारतमा पछिल्लो सातादेखि दैनिक दुईहजार भन्दा नयाँ संक्रमित थपिदै आएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी मृतक इटालीमा २८ हजार ८८४ तथा बेलायतमा २८ हजार ४४४ छन् । इटाली, स्पेन, फ्रान्स र जर्मनीभन्दा बढी मृत्युदर बेलायतमा पाइएको छ । स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ८६४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?