logo
२०८१ बैशाख १४ शुक्रवार



एकदिनमै एक लाख नयाँ संक्रमित, ९५ हजार ६९९ जनाको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


एकदिनमै एक लाख नयाँ संक्रमित, ९५ हजार ६९९ जनाको मृत्यु
तस्विर-द् न्युर्योक टाइम्स, इटालीको आर्थिक राजधानी मिलान शहरको सुनसान सडक


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २८ गते । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट एकैदिन विश्वका करिब एक लाख व्यक्ति संक्रमित भएका छन् । बिहिबार १४ लाख ८४ हजार संक्रमित रहेकोमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या १६ लाख नाघेको छ ।
अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म विश्वभरि १६ लाख ४२७ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । विश्वविद्यालयले विश्वब्यापी संक्रमितको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । अमेरिकामा मात्रै ३३ हजार नयाँ संक्रमित थपिएका छन् । बिहिबारसम्म चार लाख ३२ हजार संक्रमित रहेको अमेरिकामा शुक्रबार बिहानसम्म चार लाख ६५ हजार ३२९ जनामा संक्रमण फैलिएको विश्वविद्यालयले जनाएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा एकहजार ७१८ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा मृतकको संख्या १६ हजार ५१३ पुगेको छ ।
स्पेनमा भने पछिल्लो २४ घण्टामा पाँच हजार नयाँ संक्रमित थपिदा कुल संक्रमित एक लाख ५३ हजार २२२ पुगेको छ । स्पेनमा मृतकको संख्या १५ हजार ४४७ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६६५ जनाको मृत्इु भएको छ ।
इटालीमा भने चार हजार नयाँ संक्रमित थपिदा कुल संक्रमित एक लाख ४३ हजार ६२६ पुगेको छ । इटालीमा १८ हजार २७९ मृत्यु दत्र्ता गरिएको छ । बिहिबार इटालीमा कोरोनाभाइरस संक्रमणबाट ६१० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसबाट नराम्ररी प्रभावित अर्को यूरोपेली राष्ट्र फ्रान्समा एक लाख १८ हजार ७८३ जनामा संक्रमणको पुष्टि भएको छ । बिहिबारसम्म फ्रान्समा ८३ हजार संक्रमितको पुष्टि भएको थियो । फ्रान्स र अमेरिकामा एकैदिनमा करिब ६८ हजार नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा एक हजार तीनसय ४१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । फ्रान्समा बिहिबारसम्म दश हजार ८६९ जनाको मृत्यु दत्र्ता गरिएको थियो । शुक्रबार बिहानसम्म उक्त संख्या १२ हजार २१० पुगेको छ ।
फ्रान्सपछि सबैभन्दा कोरोनाभाइरस संक्रमित रहेको राष्ट्र जर्मनी हो । जर्मनीमा एक लाख १८ हजार २३५ जना संक्रमित रहेका छन् । जर्मनीमा कोरोना संक्रमित दुई हजार ६०७ जनाको मृत्यु भएको छ । यूरोपेली राष्ट्रहरुमध्ये जर्मनीमा भने कोरोनाभाइरस संक्रमितको मृत्युदर अत्याधिक कम पाइएको छ ।
इरानमा ६६ हजार २२० जनामा संक्रमणको पुष्टि भएको छ । बेलायतमा ६५ हजार ८७२ जना संक्रमित रहेकोमा सात हजार ९७८ जनाको मृत्यु भएको छ । टर्कीमा ४२ हजार २८२, बेल्जियममा २४ हजार ९८३ तथा स्वीटजरल्याण्डमा २४ हजार ५१ जनामा संक्रमणको पुष्टि भएको छ । क्यानाडामा २० हजार ६८२ जना संक्रमित छन् । पोर्चुगलमा १३ हजार ९५६ जना संक्रमित छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?