logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोना उत्पत्ति भएको चीनको वुहान शहर दुईमहिनापछि आंशिक खुला

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना उत्पत्ति भएको चीनको वुहान शहर दुईमहिनापछि आंशिक खुला
तस्विर- एएफपी, चीनको वुहान शहरस्थित रेल्वे स्टेशनबाट घर फर्किदै सर्वसाधारण


एजेन्सी
काठमाडौं, चैत्त १५ गते । कोरोना भाइरस महामारीको उत्पत्ति भएको चिनियाँ शहर वुहान शनिबारबाट आंशिकरुपमा खुला गरिएको छ । वुहान शहर करिब दुई महिनाको लकडाउनपछि आशिंकरुपमा खुला गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार यात्रु बोकेको रेल वुहान स्टेशनमा आएको तस्विर सार्वजनिक भएको छ । सर्वसाधारणलाई वुहान प्रवेशको अनुमति दिइएको छ तर बाहिर निस्किने अनुमति दिइएको छैन् ।
चीनको हुवेइ प्रान्तको राजधानी वुहानमा करिब पचास हजार कोरोना भाइरसको संक्रमितका बिरामी फेला परेको थियो । हुवेइ प्रान्तमा मात्रै कोभिड–१९ बाट करिब तीन हजार संक्रमितको मृत्यु भएको थियो । चिनियाँ अधिकारीहरुका अनुसार शुक्रबार ५४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित बाहिरबाट आएका छन् ।
पछिल्ला दिनहरुमा चीनलाई विदेशबाट संक्रमण लिएर आउनेलाई नियन्त्रण गर्न समस्या भएको छ । चीनले भिषा वा आवासीय अनुमति भएपनि विदेशी यात्रीको भ्रमणमा तात्कालका लागि प्रतिबन्ध लगाएको छ । चीनले स्वदेशी तथा विदेशी विमान कम्पनीले पनि साप्ताहिक एउटा मात्रै उडान भर्न पाउने व्यवस्था गरेको छ । विमानमा यात्रुको संख्या क्षमताको ७५ प्रतिशत मात्रै राख्न पाउने सीमित गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?