logo
२०८१ बैशाख १५ शनिवार



एकजनाको संक्रमणले २० गाउँका ४० हजार बासिन्दा क्वारेन्टाइनमा राखिए

फिचर |
अन्तर्राष्ट्रिय |


एकजनाको संक्रमणले २० गाउँका ४० हजार बासिन्दा क्वारेन्टाइनमा राखिए
तस्विर-बीबीसी, भारतको पञ्जाबमा संक्रमित हुनेको संख्या बढ्दै


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १५ गते । एकजनामा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि उत्तरी भारतको पञ्जाब प्रान्तको २० गाउँका ४० हजार सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको छ । ७० वर्षीय एक वृद्धको मृत्युपछि मात्रै कोभिड–१९ संक्रमणको पुष्टि भएको तथ्य सार्वजनिक भएको हो ।
इटाली र जर्मनीको भ्रमण गरी फर्केका एकजना ७० वर्षीय प्रचारकलाई क्वारेन्टाइनमा बस्न दिइएको सुझाबको पालना नगर्दा ४० हजार व्यक्तिमा संक्रमणको सम्भावनापछि क्वारेन्टाइनमा राखिएको बीबीसीले स्थानीय सम्वाद्दातालाई उद्धृत गर्दै उल्लेख गरेको छ । पहिचान गरिएका व्यक्ति बलदेव सिंह हुन । मृत्यु हुनुअघि प्रचारकले शिख समुदायको महोत्सव होला मोहल्लामा सक्रिय सहभागिता जनाएका थिए । छ दिनसम्म चलेको महोत्सवमा प्रत्येक दिन करिब दश हजार व्यक्ति सहभागी भएका थिए । मृत्यु भएको एक सातापछि उहाँको १९ जना आफन्तमा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
भारत पञ्जाबका एकजना उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले बलदेव सिंहको प्रत्यक्ष सम्पर्कमा आएका करिब ५५० जनाको खोजी भइरहेको उल्लेख गरेको छ । १५ गाउँलाई पूर्णरुपले सिल गरिएको छ । उक्त जिल्लासँग जोडिएको अर्को पाँच गाउँलाई पनि सिल गरिएको छ । भारतमा भने ‘मास क्वारेन्टाइन’ गरिएको यो पहिलो घटना भने होइन ।
राजस्थानको टेक्स्टाइल शहरको रुपमा चिनिएको भिलवारामा एक जना बिरामीबाट चिकित्सकमा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । चिकित्सकबाट कम्तिमा सयौं सर्वसाधारणमा संक्रमण फैलेको हुनसक्ने अनुमान गरिएको छ । शहरसँग जोडिएको गाउँका सात हजार व्यक्ति क्वारेन्टाइनमा बसेका छन् ।
भारतमा कोभिड–१९ संक्रमितको संख्या करिब नौ सय पुगेको छ । जसमध्ये करिब ५० जना पञ्जाब प्रान्तका छन् । यद्दपी विज्ञहरुले वास्तविक तथ्याङ्क दत्र्ता गरिएकोभन्दा धेरै उच्च हुने अनुमान गरेका छन् । विश्वमा गरिदै आएको परीक्षण दरको अपेक्षा भारतमा थोरै संख्यामा परीक्षण गरिएको छ ।
भारतमा करिब १३ लाख व्यक्तिमा संक्रमण सर्ने अनुमान भइरहँदा उक्त तथ्याङ्कले विनाश निम्तिने सम्भावना व्यक्त गरिएको छ । भारतमा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न २१ दिनको लागि लक डाउन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?